close

कृषिमा आत्मनिर्भर बनाउन चाैरपाटीमा 'एक गाउँ एक प्राविधिक' कार्यक्रम

कृषिमा आत्मनिर्भर बनाउन चाैरपाटीमा 'एक गाउँ एक प्राविधिक' कार्यक्रम

Trulli
ADVERTISEMENT

अछाम– चौरपाटी गाउँपालिकामा 'एक गाउँ एक प्राविधिक' कार्यक्रम सञ्चालनमा ल्याएको छ । स्थानीय किसानलाई कृषि खेतीमा सहजता ल्याउनका लागि साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे । 

स्थानीय तहले ७ वटै वडामा 'एक गाउँ, एक प्राविधिक'लाई पठाएर आधुनिक कृषि खेतीका लागि स्थानीयलाई प्राविधिक,परामर्श, सुझाब सल्लाह दिने कृषि शाखा प्रमुख झप्परबहादुर भूलले पालिका खबरलाई  बताए ।  

आधुनिक कृषि तरकारीका बीउ, बोट विरुवा र मलखाद ५० प्रतिशत अनुदानमा विक्री गर्दै आएको प्रमुख भुलले बताए । आकस्मिक बाली संरक्षण सेवा अन्तर्गत तरकारी बाली, खाद्यान्न बालीमा लाग्ने रोग नियन्त्रण गर्न तरकारीको युनिकीट वितरण र स्थलगत तालिम नि:शुल्क गर्ने गरेको छ । चालू आर्थिक वर्षमा कृषिका लागि ८० लाख वजेट विनियोजन गरेका छ ।