close

कृषिमा आधुनिकीकरण गर्न अनुदानमा हाते ट्याक्टर

कृषिमा आधुनिकीकरण गर्न अनुदानमा हाते ट्याक्टर

Trulli
ADVERTISEMENT

बझाङ– थलारा गाउँपालिकाले स्थानीय कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले कृषकलाई ६० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गर्न लागेको हो । 

गाउँपालिकाको कृषि संयोजक लोकेन्द्र धामीका अनुसार गाउँपालिकामा तरकारी खेती गर्ने किसानहरुलाई विशेष प्राथमिकता दिदै अनुदानमा हाते ट्याक्टर वितरण गर्ने गरेको हो ।  कृषि खेतीमा संग्लन किसान र तरकारी खेती गर्ने किसानलाई पहिलो प्राथमिकतामा अनुदानमा हाते ट्याक्टर वितरण गर्ने उनले पालिकाखबरलाई बताए ।

गाउँपालिकाले कृषकका लागि अनुदानमा हाते ट्याक्टर, हाइव्रिड बीउ, फलामे टनेल, च्याउ उत्पादनलगायत कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

‘आधुनिक कृषि खेती प्रणालीका लागि गत वर्ष हाइब्रिड बीउ, उन्नत बीउ र साना कृषि औजार निशुल्क वितरण गरेका थियौँ,’ उनले भने । चालु आर्थिक वर्षदेखि ५० प्रतिशत अनुदानमा हाइब्रिड बीउ विजन, उन्नत बीउ, कृषि औजारलगायत बिक्री वितरण गर्न लागेको संयोजक धामीले बताए । चालूआर्थिक वर्षमा कृषिका लागि पालिकाले २७ लाख वजेट विनियोजन गरेको छ ।