close

आधुनिक कृषिका लागि अनुदानमा कृषि उपकरण

आधुनिक कृषिका लागि अनुदानमा कृषि उपकरण

Trulli
ADVERTISEMENT

दैलेख– आठबीस नगरपालिकाले दर्ता भएका कृषक समूह तथा सहकारीलाई अनुदानमा कृषि उपकरण वितरण गर्ने भएको छ । स्थानीय कृषकलाई कृषि उपकरण ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको हो ।

कृषि यन्त्रका लागि दर्ता तथा नविकरण भएका कृषक, कृषि समूहलाई ५० प्रतिशत अनुदानमा वितरण गनए लागेको कृषि शाखा प्रमुख चक्रबहादुर खातीले पालिका खबरलाई जानकारी दिए । प्रमुख खातीका अनुसार पालिकाका प्रत्येक वडामा दर्ता भएका कृषक समुह र सहकारीलाई निशुल्क बेमौसमी तथा मौसमीअनुसारको बीउ विजन वितरण गरिएको छ । 

नगरपालिकामा जलवायु प्रवर्द्धन, कृषकका तथ्याङ्क संकलन, तरकारी बाली, पालिकास्तरीय कृषकलाई तालिम, पकेट विकासलगायतका कार्यक्रम रहेको उनले बताए । 'आधुनिक कृषि खेती प्रणालीका लागि जिल्ला कृषि विकास कार्यलय मार्फत् कृषकलाई उपकरणहरु अनुदानमा वितरण गर्ने स्थानीय सरकारको योजना रहेको छ ,' उनले भने । 

पालिकाले आधुनिक कृषि उपकरणको प्रचारप्रसारको लागि वडा वडामा प्राविधिक परिचालन गरी कृषकलाई समयअनुकूल तालिम, बीउविजन दिने गरेको कृषि शाखा प्रमुख खाती बताए । कृषि समूह, सहकारीलाई कृषि तथा पशुपंछी पालन, उपकरण वितरण, फलफूल खेतीमा जिल्लाबाट ५० प्रतिशत अनुदान वितरण गर्ने योजना रहेको प्रमुख खातीले बताए । 

नगरपालिकाको वडाहरुमा एक जना प्राविधिकले ३ वटा वडा हेर्ने गरी प्राविधिक पठाएर बालीमा लाग्ने विभिन्न रोगका बारेमा जनचेतना, समयअनुकूल तालिम दिएर किसानलाई सहयोग गर्दै आएको उनले बताए । कृषिका लागि पालिकाले चालु आवमा ३७ लाख वजेट विनियोजन गरेको छ ।