close

गाउँगाउँमा गएर किसान खाेज्दै सानिभेरी

गाउँगाउँमा गएर किसान खाेज्दै सानिभेरी

Trulli
ADVERTISEMENT

रुकुम(पश्चिम)– सानीभेरी गाउँपालिकाले कृषक सूचीकरण गर्ने भएको छ । किसानलाई अनुदान तथा तालिम दिनको लागि कृषक सूचीकरण गर्न लागेकाे हाे ।

गाउँपालिकाले वडा तथा गाउँगाउँमा गएर वास्तविक किसान पहिचान गरेर किसान परिचय पत्र बाड्ने कृषि अधिकृत महेन्द्र ओलीले बताए । 'वास्तविक किसानलाई प्रोत्साहनको लागि तालिम र अनुदान दिने भएकाले प्रत्येक वडामा गएर किसान सूचिकृत गर्दैछौँ,' उनले भने ।

गाउँपालिकामा पाँच हजारभन्दा बढी घरधुरी सूचिकृत हुन बाँकी रहेकाले तिहार सकिए लगत्तै सूचिकरणको काम थाल्ने उनले बताए  । गाउँपालिकामा रहेका स्थानीय किसान सूचिकृत भइसकेपछि मात्र किसान परिचय पत्र बाड्ने योजना रहेको अधिकृत ओलीले पालिकाखबरलाई जानकारी दिए ।

उनका अनुसार गाउँपालिकामा अनुदानका कार्यक्रम र तालिम वास्तविक किसानले नपाएपछि प्रत्येक वडाका गाउँ/गाउँमा गएर किसान सूचिकृत गर्न लागेको हो । 'अनुदानका लागि मात्र किसान हुने अनुदान सकिएपछि किसानले कृषि पेशा पनि छोडेको देखिएपछि वास्तविक किसान पहिचान गर्न किसान सूचिकृत गर्न लागेका हौँ,' उनले भने ।

मौसम अनुसारको उत्पादनका आधारमा किसानले प्रतिकेजी बिक्री गरेबापत ५ रुपैयाँ अनुदान दिने गरेकाे उनले सुनाए । किसानको हौसला बढाउन र कृषिमा आत्मनिर्भर बन्न सक्ने अधिकृत ओलीको विश्वास छ । कृषकलाई मौसमअनुसारको मिनीकिटअन्तर्गत नि:शुल्क बीउविजन वितरण गर्ने गरेको उनकाे भनाइ छ ।