close

प्याज खेती प्रोत्सानमा पालिकाले अनुदान दिने

प्याज खेती प्रोत्सानमा पालिकाले अनुदान दिने

Trulli
ADVERTISEMENT

चितवन– खैरहनी नगरपालिकाले प्याज खेती प्रोत्साहन अनुदान कार्यक्रममा सहभागिता हुन आह्वान गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै प्याज खेती प्रोत्साहन अनुदान कार्यक्रममा सहभागिता हुन आह्वान गरेको हो ।

नगरपालिकाले प्याज उत्पादन गरी विक्री वितरण गर्न इच्छुक कृषक कृषि फर्मले प्याज खेती प्रोत्साहन अनुदान कार्यक्रममा सहभागिता हुन मंसिर ४ गतेदेखि १८ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जानकारी दिए ।

पाँच लाख बराबरको प्याज खेती प्रोत्साहन कार्यक्रमका लागि कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीले आवेदन दिन सकिने छ ।