close

५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्दै कागेश्वरी मनोहरा

५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्दै कागेश्वरी मनोहरा

Trulli
ADVERTISEMENT

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले आलुको बीउ माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हिउँदे आलुको बीउ माग गर्न स्थानीय बासिन्दासँग अनुरोध गरेको हो । 

सूचनाका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप आलुको बीउ वितरण गर्न लागेको हो । नगरपालिकाले ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गर्ने जनाइएको छ । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । इच्छुक व्यक्तिले आवश्यक कागजातसहित नगरपालिकामा आवेदन दिन सक्ने छन् ।