close

अनुदानमा जै घाँसको बीउ वितरण गर्दै दमक

अनुदानमा जै घाँसको बीउ वितरण गर्दै दमक

Trulli
ADVERTISEMENT

झापा– दमक नगरपालिकाले कृषकलाई अनुदानमा घाँसको बीउ वितरण गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा घासँको बीउ वितरण गर्न लागेको उल्लेख गरेको छ । 

दमक नगरपालिकाको पशुपन्छी विकास शाखाको आर्थिक वर्ष ०८०/०८१ को कार्यक्रमअनुसार सोही नगरपालिकाभित्रका कृषक व्यावसायीलाई अनुदानमा हिउँदे घाँसको बीउ वितरण गर्ने भएको हुँदा किसानलाई आवेदन दिन आग्रह गरेको छ । 

आफूलाई आवश्यक परेको जै घाँसको बीउको परिमाण र ५० प्रतिशतले आउने रकम १५ दिनभित्रमा नगरपालिकाको पशुपन्छी शाखामा पेश गर्न नगरपालिकाले आग्रह गरेको हो ।