close

च्याउखेती गर्ने  किसानलाई नगरपालिकाको अनुदान

च्याउखेती गर्ने  किसानलाई नगरपालिकाको अनुदान

Trulli
ADVERTISEMENT

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले अनुदानमा च्याउको बीउ वितरण गर्ने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै च्याउको बीउ लिने किसानले ५० प्रतिशतमा अनुदान पाउने उल्लेख गरेको छ । 

नगरपालिकाको चालू आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार द्धितीय त्रैमासिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गर्ने भएको हो । 

अनुदानबापतको रकम व्यावसायिक कृषक समूह, कृषि सहकारी, कृषि फर्म तथा कृषकले आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।