close

मौरी पालक किसानलाई तालिम

मौरी पालक किसानलाई तालिम

Trulli
ADVERTISEMENT

इलाम– रोङ गाउँपालिकाले मौरी पालन तालिम सञ्चालन गर्ने भएको छ । पालिकाले बुधबार सूचना जारी गर्दै मौरी पालन तालिम सञ्चालन गर्ने उल्लेख गरेको छ । 

गाउँपालिकाभित्रका मौरीपालक कृषक, कृषक समूह तथा कृषि फार्मलाई आवेदन दिन गाउँपालिकाले आग्रह गरेको छ । सूचनाका अनुसार इच्छुक मौरीपालक कृषक, कृषक समूह तथा कृषि फार्मले १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । 

गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ को प्रदेश शसर्त अनुदान कार्यक्रममार्फत मौरीपालन आधारभूत तालिम सञ्चालन गर्ने भएको हो ।