close

मकै खेती तथा बाख्रा पालनका लागि आवेदन माग

मकै खेती तथा बाख्रा पालनका लागि आवेदन माग

Trulli
ADVERTISEMENT

मोरङ– रंगेली नगरपालिकाले मकै उत्पादन र बाख्रा पालनका लागि पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न लागेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना २०७९/८० बाट मकै पकेट विकास कार्यक्रम र वडा नम्बर १, २, ३, ८ र ९ मा बाख्रा पकेट कार्यक्रम सञ्चालन गर्ने भन्दै पालिकाले किसानसँग आवेदन माग गरेको छ । 

इच्छुक कृषक समूह तथा फार्मले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।