close

तोरीको बिउमा अनुदान लिनुछ भने एक रोपनीभन्दा बढीमा खेती गर्नू

तोरीको बिउमा अनुदान लिनुछ भने एक रोपनीभन्दा बढीमा खेती गर्नू

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- नेचासल्यान गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा तोरीको बिउ वितरण गर्ने भएको छ । पालिका भित्रका किसानलाई तोरी खेतीमा प्रोत्साहन गरी व्यावसायिक बनाउन स्थानीय सरकारले ७५ प्रतिशत अनुदानमा तोरीको बिउ वितरण कार्यक्रम अगाडि बढाएको हो ।

जसका लागि मंसिर १५ गतेसम्म पाकिलामा निवेदन पेश गर्न विभिन्न कृषक समूह, फार्म र किसानलाई आग्रह गरिएको छ । तोरी तेलमा आत्मनिर्भर बन्नका लागि गाउँपालिकाले अनुदान दिन लागेको हो । 

तोरीको तेल अन्यत्रबाट पालिका क्षेत्र भित्रिरहेकाले यसलाई रोक्न तथा आर्थिक उपार्जन गर्न समेत तेरी खेती अनुदान कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ । अनुदान प्राप्त गर्न कम्तीमा एक रोपनी क्षेत्रफलमा तोरी खेती गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।