close

आलु प्रवर्द्धनका लागि वैतेश्वरमा आवेदन माग

आलु प्रवर्द्धनका लागि वैतेश्वरमा आवेदन माग

Trulli
ADVERTISEMENT

दोलखा– वैतेश्वर गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै लागत साझेदारी कार्यक्रममा  सहभागी हुनका लागि प्रस्ताव माग गरेकाे हाे । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत प्रदेश सरकारबाट हस्तान्तरित शर्सत अनुदानको कार्यक्रम अनुसार आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । साझेदारी कार्यक्रममा सहभागी हुन गाउँपालिका वडा नम्बर ८ भित्रका कृषि सहकारी, कृषक समुह, कृषि फर्म, उद्यमी कृषकले आवेदन दिन सकिने जनाएको छ । 

गाउँपालिका वडा नम्बर ८ भित्रका कृषि सहकारी, कृषक समुह, कृषि फर्म, उद्यमी कृषकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।