close

शाखा अधिकृत र नगरप्रुखको हस्ताक्षर किर्ते गरी अर्कै सहकारीको नाममा मल खरिद

शाखा अधिकृत र नगरप्रुखको हस्ताक्षर किर्ते गरी अर्कै सहकारीको नाममा मल खरिद

Trulli
ADVERTISEMENT

सप्तरी- आइतबार खडक नगरपालिका-११ का किसानहरूलाई मल वितरणका लागि मञ्जुश्री सहकारीका सञ्चालक सन्तोषकुमार साह नगरपालिकामा मलको सिफारिस लिन जाँदा अरुले लगिसकेको थाहा पाए । 

त्यसपछि नगरपालिकालाई जानकारी गराउँदा नगरप्रमुख जयप्रकाश चौधरी र पशुशाखा अधिकृत चन्द्रप्रसाद चौधरीको किर्ते हस्ताक्षर गरी मन्जुश्रीको नामको मल सप्लाई भइसकेको पत्ता लाग्यो । नगरपालिकाले हरेक वडाका किसानलाई समानुपातिक मल वितरणका लागि वडा-वडामा सहकारीलाई डिलर बनाएको छ । 

खडक नगरपालिका ११ स्थित साझा सहकारी संस्थाले दुई जनाको किर्ते हस्ताक्षर गरी मल सप्पाई गरेको पत्ता लागेको नगरप्रमुख चौधरीले पालिकाखबरलाई बताए । उनका अनुसार बिगत वडा नम्बर ११ का किसानको डिलर साझा सहकारी नै थियो । तर डिलर भएर स्थानीय किसानलाई दिनुपर्ने मल अरु पालिकामा बेचेपछि गत वर्षदेखि डिलर खारेज गरी मिसन सहकारीलाई ११ नम्बरको डिलर बनाइएको छ ।  

उनले भने, "पटक-पटक ‘गद्धार’ गरेको हुँदा पोहोर साल वडाको डिलर खारेज गरेका छौं । यसपालि मेरो सही नै नक्कली बनाएको देखियो । छानबिनपछि लाइसेन्स खारेजसम्मको कारबाही हुन्छ ।" उनका अनुसार उपमेयरको संयोजकत्वमा आज समिति बनाई छानबिनको काम थालिनेछ । 

नगरपालिकाका अनुसार कृषि सामग्री कम्पनी राजविराजबाट १३० बोरा डिएपी र १२ बोरा युरिया मल किर्ते हस्ताक्षरमा निकालिएको पत्ता लागेको हो । नगरपालिका- ४ को डिलर मञ्जुश्री सहकारीको नाममा साझा सहकारीले गत मङ्सिर १७ गते नै किर्ने सिफारिस गरी मल निकालेको देखिएको छ । 

नगरको चिठी चलानी नम्बर ५१० रहेको पनि उक्त सिफारिसपत्रमा उल्लेख छ । मेयरकै सिफारिस लिएर आएपछि मल दिएको कृषि सामग्री कम्पनी सप्तरीले  उल्लेख गरेको छ ।