close

पुस २ गतेदेखि गोकर्णेश्वरले अनुदानमा आलुको बीउ वितरण गर्ने

पुस २ गतेदेखि गोकर्णेश्वरले अनुदानमा आलुको बीउ वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गर्ने जनाएको हो । 

नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशतमा उन्नत जातको आलुको बीउ वितरण गरिने जनाएको छ  । अनुदानमा बीउ लिन इच्छुक स्थानीय कृषकले आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।  पुस २ गतेदेखि ६ गते कृषि शाखामा १० बजेदेखि साझ ४ बजेसम्म उन्नत जातका आलुको बीउ वितरण गरिँदै छ ।