close

वनगाड कुपिण्डेका किसानलाई अनुदानमा प्लाष्टिक टनेल

वनगाड कुपिण्डेका किसानलाई अनुदानमा प्लाष्टिक टनेल

Trulli
ADVERTISEMENT

सल्यान– वनगाड कुपिण्डे नगरपालिकाले अनुदानमा प्लाष्टिक टनेल वितरण गर्ने भएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गर्ने जनाएको हो । 

नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण गर्ने जनाएको छ ।  प्लाष्टिक टनेल खरिद गर्न इच्छुक पालिकाको सम्पुर्ण वडामा गठित कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीहरुले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले सूचित गरेको छ ।