close

कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार अनुदान

कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार अनुदान

Trulli
ADVERTISEMENT

मकवानपुर- भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान दिन थालेको छ । परम्परागत खेती गर्ने किसानलाई प्रोतुसाहन गर्ने कार्यका लागि अनुदान दिन थालेपछि किसान उत्साहित भएका छन् ।

गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको हो । शहर बजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई प्रोत्साहन रकम दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सहयोग गर्दा किसानको आम्दानी बढ्छ भने किन सहयोग नगर्ने भन्दै चालु आर्थिक वर्षमा कोदो उत्पादन बढाउन पालिकाले २० लाख अनुदानको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष हिदम लामाले पालिकाखबरलाई बताए ।

गाउँपालिका अधयक्ष लामाका अनुदान पाउनका लागि न्यूनतम ३ रोपनीमा खेती गरेको हुनुपर्छ । ३ रोपनीलाई ६ हजार र त्यसभन्दा माथि ८ रोपनीसम्मका किसानलाई प्रतिरोपनी २ हजारका दरले अनुदान पाउँछन् भने ९ रोपनीदेखि खेती गर्ने किसानलाई प्रतिरोपनी १८ सयका दरले अनुदान दिइने पाउँपालिकाले जनाइएको छ । 

गाँउपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ र फापर प्रतिकेजी १०० रुपैयाँ निर्धारण गरिएको छ । 

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा २६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ ।