close

बगरखेती प्रोत्साहन गर्दै बकैया

बगरखेती प्रोत्साहन गर्दै बकैया

Trulli
ADVERTISEMENT

मकवानपुर- बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो । 

पालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार प्रति क्लस्टर एक लाख ७५ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ । कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्ममार्फत् एक साताभित्र दरखास्त आव्हान गरिएको छ । 

आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको बकैया गाउँपालिकाले जनाएको छ । खेर गइरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सकिने बकैया गाउँपालिका आर्थिक विकास शाखा प्रमुख अशोक कुमार सिंहले बताए ।