close

एउटै वडामा २५ थरी तरकारी

एउटै वडामा २५ थरी तरकारी

Trulli
ADVERTISEMENT

बाग्लुङ-  तमानखोला गाउँपालिकाको वडा नम्बर ६ का स्थानीय बासिन्दालाई तरकारी बेच्न भ्याइनभ्याइ छ । वडा सरकारले गत आर्थिक वर्ष टनेल निर्माण गरिदिएसँगै स्थानीय बासिन्दालाई तरकारी लगाउन र बेच्न भ्याइनभ्याइ भएको हो । 

वडा सरकारले गत आर्थिक वर्षमा 'एक घर एक टनेल' कार्यक्रमअन्तर्गत  २०० परिवारलाई टनेल वितरण गरेको जनाइएकाे छ। वडाभित्रका स्थानीय बासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन तथा आय आर्जन वृद्धि गराउनका लागि टनेल वितरण गरेको उनले पालिकाखबरलाई सुनाए । 

उत्पादित तरकारीकाे बजारीकरणकाे सहजताकाे लागि विभिन्न प्रजातीकाे तरकारी लगाउन दिएकाे उनले जानकारी दिए । वडाले हरेक टोलमा फरक/फरक तरकारी खेती गर्नको लागि टनेल वितरण गरेको उनको भनाइ छ । उनका अनुसार वडा सरकारले करिब २५ थरीको तरकारी लगाउनका लागि २०० परिवारलाई टनेल वितरण गरेको हो । 

टनेलमा काक्राे, साग, गाेलभेँडा, घिराैला, काउली बन्दा लगायत माैसमी तथा बेमाैसमी तरकारी लगाउने गरेकाे उनले सुनाए ।यसो गर्दा तरकारीको बजारीकरणको लागिसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

वर्षायामको करिब ५ महिना यातायातबाट टाढा हुने भएकाले उत्पादित तरकारीको बजारीकरणका लागि सो कार्यक्रम ल्याएको उनले सुनाए । 'फरक फरक तरकारी भएपछि टोल टोलमा गएर बेच्न सकिन्छ । तरकारी साटासाट गर्न सकिन्छ,' उनले भने । यातायातकाे सुविधा भएकाे बेला छिमेकी पालिका तथा जिल्ला बाहिरसमेत तरकारी बेच्ने उनले सुनाए ।

गत वर्ष नै वडाभित्रका सबै स्थानीय बासिन्दालाई टनेल वितरण गरेकोले यस वर्ष स्थगित गरिएको उनले बताए । 'सबैलाई गत वर्ष नै वितरण गरिसकेको छ । सधैँ टनेल मात्रै लगानी गरेर भएन । त्यसैले यो वर्ष स्थगित गरेका हौँ,' उनले भने । 

चालु आवमा वडाले वीउ उत्पादनको लागि लगानी गर्ने उनले सुनाए । तरकारी उत्पादन बढाउनका लागि उन्नत जातको वीउ वितरण गरिने उनको भनाइ छ ।