close

मदानेमा कृषि प्रदर्शनी मेला, उत्कृष्टलाई दुई हजार ५०० रुपैयाँ पुरस्कार

मदानेमा कृषि प्रदर्शनी मेला, उत्कृष्टलाई दुई हजार ५०० रुपैयाँ पुरस्कार

Trulli
ADVERTISEMENT

गुल्मी - मदाने  गाउँपालिकाले कृषि प्रदर्शनी मेला सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजनामा पुष १४ गते वडा नम्बर ६ मा सो प्रदर्शनी मेला सम्पन्न गरेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख हुमबहादुर थापाका अनुसार स्थानीय कृषिजन्य उत्पदित सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले सो मेला सञ्चालन गरेको हो । कृषकलाई तालिमले मात्रै कृषि उत्पादनको बजारीकरणको लागि सहयोग नपुग्ने भएकाले सो कार्यक्रमको आयोजना गरेको उनले पालिकाखबरलाई सुनाए । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप वडा नम्बर–६ पुर्कोटदहस्थित कृषि हाट बजारमा कृषि तथा पशुपन्क्षी प्रदर्शन गरिएको उनको भनाइ छ । प्रदर्शनी मेलामा ३६० जना कृषकले आफ्नो उत्पादनलाई दर्ता गराएर प्रदर्शनमा राखेका छन्। 

कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्द्धन गर्नुका साथै कृषकलाई प्रविधिको बारेमा जानकारी गराउने प्रमुख उद्देश्यसहित कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि यो मेला राखिएको उनले सुनाए । 

प्रदर्शनीमा १५ विधाका सामग्री तरकारी, फलफूल, सुन्तला, खसी, बोका, बाख्रा, हाँस, कुखुरा लगायतको सामग्री राखिएको उनले जानकारी दिए । प्रदर्शनीमा राखिएको सामग्रीको आधारमा मूल्यांकन गरी स्थानीय कृषकलाई पुरस्कारसमेत वितरण गरेको उनले सुनाए । 

गाउँपालिकले मेलामा प्रथम हुने १९ जनालाई जनही दुई हजार पाँच सय रुपियाँ, दोस्रो हुने १७ जनालाई जनही दुई हजार रुपैयाँ र तेस्रो हुने १९ जनालाई जनही एक हजार पाँच सय रुपैयाँसहित सम्मान गरिएको उनले सुनाए ।