close

माङसेबुङमा चारवटा सिँचाइको काम सम्पन्न

माङसेबुङमा चारवटा सिँचाइको काम सम्पन्न

Trulli
ADVERTISEMENT

इलाम- माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा सिँचाइका निम्ति कूलो निर्माण गरिएका हुन् ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । कुलो निर्माण भएपछि १३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताए । 

स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो । पाटीगाउँमा ४८ लाख, लम्फेवा खोलाबाट ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा ५३ र माङसेबुङ गाउँपालिका–१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा ६८ लाखको लागतमा कुलो निर्माण गरिएको हो । 

कुलो खन्न लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०/२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो ।