close

गोलबजारले तिरिदियो सिँचाइको महसुल

गोलबजारले तिरिदियो सिँचाइको महसुल

Trulli
ADVERTISEMENT

सिराहा - गोलबजार नगरपालिकाले कृषकको विद्युत महसुल तिरि दिएको छ । नगरपालिकाले कृषिमा सिँचाइको लागि लागेको पैसा तिरिदिएको हो । 

नगरपालिकाको कृषि शाखा प्रमुख विरेन्द्रकुमार यादवका अनुसार स्थानीय कृषकलाई सहुलियत प्रदान गर्नको लागि पालिकाले विद्युतको महसुल तिरेको हो । नगरपालिकाको १३ वटा वडा मध्ये वडा नम्बर १ मा मिर्चैया वितरण केन्द्र र वडा नम्बर २ देखि १३ सम्म लहान वितरण केन्द्रबाट विद्युत वितरण हुँदै आएको छ । 

दुबै केन्द्रमध्ये  मिर्चैयाको ७ लाख ९७ हजार ६३५ रुपैयाँ र लहानलाई ५० हजार गरी करिब साढे ८ लाख रुपैयाँ महसुल तिरेको उनले पालिकाखबरलाई बताए । 

नगरपालिकाले महसुल तिरेसँगै स्थानीय उत्पादनमा वृद्धि हुने उनको विश्वास छ ।