close

जिरीद्वारा अल्लोको धागो निकाल्ने तालिम

जिरीद्वारा अल्लोको धागो निकाल्ने तालिम

Trulli
ADVERTISEMENT

दोलखा– जिरी नगरपालिकाले स्थानीय बासीलाई अल्लोको भुँवा र धागो उत्पादन गर्नेसम्बन्धी तालिम दिएको छ । नगरपालिकाले पालिकाभित्र अल्लोको व्यवसायिक खेती तथा धागो उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो तालिम प्रदान गरेको हो । 

पालिकाले पालिकाका १८ जना स्थानीयलाई अल्लोबाट धागो निकाल्ने १५ दिने तालिम उपलब्ध गराएको उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । दुईजना पुरुष र १६ जना महिलाको सहभागिता रहेको सो तालिम बिहिबार समापन भएको उनले पालिकाखबरलाई जानकारी दिइन् । 

उपप्रमुख बुढाथोकीका अनुसार जिरीमा अल्लोको उत्पादन राम्रो हुन्छ । तर, पालिकामा व्यावसायिक रुपमा यसको खेती कम हुने गरेको छ । तालिम पाएपछि अल्लो खेतीतर्फ आकर्षण किसानको आकर्षण बढ्ने उनको विश्वास छ । ‘यो वर्ष तालिम प्रदान गरेर धागो निकाल्ने १० वटा मेशिन वितरण गरेका छौँ । अर्को वर्ष अल्लो खेतीको प्रवर्धनको लागि अन्य कार्यक्रम सञ्चालन गछौँ,’ उनले भनिन् ।