close

बायोग्याँस प्लान्ट सञ्चालनको लागि म्याग्देकाे अनुदान

बायोग्याँस प्लान्ट सञ्चालनको लागि म्याग्देकाे अनुदान

Trulli
ADVERTISEMENT

तनहुँ– म्याग्दे गाउँपालिकाले बायोग्याँस प्लान्ट (गोबर ग्याँस) सञ्चालनको लागि स्थानीयलाई अनुदान दिने भएको छ । आंशिक अनुदानमा बायोग्याँस प्लान्ट राख्न इच्छुक स्थानीयले निवेदन पेश गरेको आधारमा गाउँपालिकाले अनुदान उपलब्ध गराउन लागेको हो । 

गाउँपालिकाका इन्जिनियर भिमप्रसाद सुवेदीले पालिकाभित्रका १० जना स्थानीयलाई गोबर ग्याँस निर्माणमा अनुदान दिन लागेको जानकारी दिए । उनका अनुसार १० जना स्थानीयलाई गोबर ग्याँस प्लान्ट निर्माण गर्न ३० हजार रुपैयाँ अनुदान उपलब्ध गराउन लागेको हो । 

गत आर्थिक वर्षमा पनि गाउँपालिकाले स्थानीयलाई बायोग्याँस प्लान्ट सञ्चालनका लागि अनुदान उपलब्ध गराएको उनले पालिकाखबरलाई बताए । 

अनुदानका लागि स्वीकृत भएका स्थानीयले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबाट प्रि–क्वालिफाइड कम्पनीको कोटेशनसहित गाउँपालिकामा १५ दिनभित्र सम्झौता गर्नसमेत अनुरोध गरेको छ ।