close

बाली उपचार शिविर सञ्चालन गर्दै बर्दगोरिया

बाली उपचार शिविर सञ्चालन गर्दै बर्दगोरिया

Trulli
ADVERTISEMENT

कैलाली– बर्दगोरिया गाउँपालिकाले बाली उपचार शिविर सञ्चालन गर्दै आएको छ । गाउँपालिकाअन्तर्गतका हरेक वडामा बाली शिविर सञ्चालन गर्दै आएको हो ।

गाउँपालिकामा बाली उपचार शिविरबाट आलु, टमाटर, तोरीमा डढुवा रोग लागेको कृषि विकास शाखाका नाप्रास धिरेन्द्र चौधरीले जानकारी दिए । स्थानीय किसानले लगाएको बाली शिविरमा आलु, टमाटर र तोरीमा डढुवा रोग लागेको उनले सुनाए ।

किसानले स्थानीयस्तरमा उत्पादन गरेका तरकारी, फलफुलको स्याम्पल शिविरमा ल्याएर रोग पहिचान गर्ने गरेको पालिकाखबरलाई जानकारी दिए । तरकारी, फलफुलमा लागेको रोगबारे पहिचान गरी औषधी निः शुल्क वितरण गरेको उनको भनाइ छ ।

यसका साथै गाउँपालिकाले किसानलाई मौसमी रोगको बारेमा जनचेतना प्रदान गर्ने गरेको उनको भनाइ छ । रोग पहिचान गरी निः शुल्क रुपमा औषधी वितरण गर्दै आएको उनले बताए ।

बाली उपचार कार्यक्रम गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन गरेको चौधरीले जानकारी दिए । शिविर सञ्चालनबाट करिब एक हजार किसानले सेवा लिएको उनले बताए ।

कृषिका लागि प्रदेश सरकार र पालिकाबाट गरी  चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको छ ।