close

चिस्यान केन्द्र बनाउने आवेदकलाई शिवसताक्षीको २० लाख अनुदान

चिस्यान केन्द्र बनाउने आवेदकलाई शिवसताक्षीको २० लाख अनुदान

Trulli
ADVERTISEMENT

झापा - शिवसताक्षी नगरपालिकाले कोल्ड च्याम्बर निर्माण गरी सञ्चालनको लागि प्रस्ताव आव्हान गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप कोल्ड च्याम्बर निर्माणको लागि प्रस्ताव आव्हान गरेको हो । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जारी गरेको सूचनाको अनुसार पालिकाले एउटा थोक बजार तथा कोल्ड च्याम्बर निर्माण गर्न लागेको हो । सोका लागि पालिकाले ५० प्रतिशत अनुदान दिने सो सूचनामा उल्लेख गरेको छ । 

च्याम्बर निर्माणको लागि नगरपालिकाले २० लाख रुपैयाँसम्म व्यहोर्ने सो सूचनामा उल्लेख गरेको छ । इच्छुक व्यक्ति तथा फार्मले आवश्यक कागजातसहित यही फागुनको १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।