close

अनुदानमा सहिदभूमिको यान्त्रीकरण र बीउ

अनुदानमा सहिदभूमिको यान्त्रीकरण र बीउ

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमि गाउँपालिकाले अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा यान्त्रीकरण वितरण गरेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख दिनेन्द्र राईका अनुसार गाउँपालिकाले अनुदानमा १३ वटा सहकारी तथा कृषि समूहलाई मिनीटेलर वितरण गरेको हो । सो कार्यक्रमको लागि गाउँपालिकाले कृषि समूहसँग साझेदारी गरेको उनले पालिकाखबरलाई सुनाए । 

कार्यक्रमको लागि गाउँपालिका र कृषि समूहले ५/५ लाख रुपैयाँ व्यहोरेको उनको भनाइ छ । सो सामग्री समूहले आफ्नो कानून बमोजिम सञ्चालन गर्दे उनले सुनाए । 

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा विषादी छर्ने स्प्रेयर वितरण गर्ने उनले जानकारी दिए । चालु आवमा सहकारी तथा कृषि समूहलाई २५ वटा स्प्रेयर वितरण गर्ने उनले सुनाए । सोका लागि गाउँपालिकाले साढे तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

यस्तै गाउँपालिकाले ५० प्रतिशत अनुदानमा २५ वटा समूह तथा कृषि सहकारीलाई टमाटर र खुर्सानीको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले ६४५ प्याकेट टमाटर र ६१० प्याकेट खुर्सानीको बीउ वितरण गर्ने जनाएको छ । सो बीउ गाउँपालिकाको कृषि शाखाबाट वितरण गर्न थालेको उनले सुनाए ।