close

कागेश्वरी मनोहराले करिब एक टन मकै अनुदानमा वितरण गर्ने

कागेश्वरी मनोहराले करिब एक टन मकै अनुदानमा वितरण गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको बीउ खरिदको लागि कोटेशन आव्हान गरेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जारी गरेको सूचनाअनुसार ‘मकैको उन्नत बीउ उपयोगमा ५० प्रतिशत अनुदान’ कार्यक्रममार्फत किसानहरूलाई अनुदानमा बीउ वितरण गर्न लागिएको छ । पालिकामा वितरण गरिने बीउ खरिदका लागि नगरपालिकाले कोटेशन आव्हान गरेको हो । 

नगरपालिकाले ‘मकैको उन्नत बीउ उपयोगमा ५० प्रतिशत अनुदान’ का लागि ९३५ किलो मकै खरिद गर्ने इच्छुकलाई यही १६ गतेभित्र आवेदन दिन आग्रह गरेको हो । आवेदन दिँदा बीउविजन बिक्री इजाजत लिएको संस्था हुनुपर्ने सूचनमा उल्लेख छ ।