close

कृषि उपकरण वितरण गर्ने योजनामा सिस्ने

कृषि उपकरण वितरण गर्ने योजनामा सिस्ने

Trulli
फाइल तस्विर
ADVERTISEMENT

रुकुम पूर्व– सिस्ने गाउँपालिकाले तरकारी उत्पादनका लागि औजार उपकरण वितरण गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै तरकारी उत्पादन गर्ने कृषकलाई औजार उपकरण वितरण गर्ने भएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि क्षेत्रमा आवद्ध किसानलाई औजार उपकरण वितरण गरिने कृषि शाखाका प्राविधिक दिनेश ओलीले जानकारी दिए । स्थानीय कृषक, कृषि समुह र कृषि फर्मलाई आवेदन आह्वान गरेको छ ।

स्थानीय किसानले माग गरे अनुसार कृषि सामाग्री उपलब्ध गरिने उनले बताए । इच्छुक कृषक, कृषि समुह र कृषि फर्मले १५ दिनभित्रमा या फागुन २६ गते सम्ममा आवश्यक कागजातसहित आवेदन दिन सकिने प्राविधिक ओलीले पालिकाखबरलाई जानकारी दिए ।
गाउँपालिकाले  कृषिका लागि ३ लाख बजेट विनियोजन गरेको छ ।