close

१०८ कृषकलाई धनपालथानको विद्युतीय मोटर

१०८ कृषकलाई धनपालथानको विद्युतीय मोटर

Trulli
ADVERTISEMENT

मोरङ - धनपालथान गाउँपालिकाले अनुदानमा विद्युतीय मोटर वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर वितरण गरेको हो । 

गाउँपालिकाको कृषि शाखाका प्रमुख ओम प्रकाश सिंहका अनुसार गाउँपालिकाले १०८ जना कृषक तथा सहकारीलाई मोटर वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप मोटर वितरण गरेको उनले पालिकाखबरलाई जानकारी दिए । 

मोटर वितरणका लागि गाउँपालिकाले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । सो मोटर स्थानीय बासिन्दाले सिँचाईमा प्रयोृग गर्न सक्नेछन् । 

मोटर वितरण गर्नको लागि गाउँपालिकाले सूचना जारी गरेको र सो सूचनाका आधारमा आवेदन दिनेलाई पालिकाले छनोट गरेको उनले सुनाए ।