close

लिखुपिकेमा माटो परीक्षण शिविर

लिखुपिकेमा माटो परीक्षण शिविर

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाले माटो परीक्षण शिविर सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले माटो समस्या पहिचान गर्नको लागि शिविर सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको कृषि शाखाकी प्रमुख बन्दना भट्टराईका अनुसार पालिकाले बिहिबारदेखि शिविर सञ्चालनमा ल्याएको हो । उनका अनुसार वडा नम्बर ३ मा सञ्चालित सो शिविरमा १० वटा नमुना परिक्षण गरेको हो । 

बिहिबार गरिएको माटो परिक्षणमा कुनै समस्या देखा नपरेको उनले बताइन् । गाउँपालिकाको अन्य वडामा पनि शिविर सञ्चालन गरिने उनले पालिकाखबरलाई बताइन् । सबै वडामा परिक्षण गरिसके पछि मात्रै नतिजा सार्वजनिक हुने उनको भनाइ छ ।