close

एक वडा दुई पकेट बाली

Trulli
ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाले एक वडा दुई पकेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले कृषि कार्यक्रममा स्थानीयलाई आकर्षित गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाका अनुसार पालिकाले वडागत रुपमा विभिन्न बाली प्रर्वद्धन गर्नेछ । गाउँपालिकाभित्रका ६ वटा वडामा १२ वटा पकेट कार्यक्रम सञ्चालन गर्ने जनाइएको  छ । 

गाउँपालिकाले अध्यक्षसँग पकेट कार्यक्रम अन्तर्गत प्रर्वद्धन गर्न लागेको हो । सोका लागि गाउँपालिकाले चालु आवमा २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । 

सो रकमबाट कार्यक्रममा सहभागी हुने सहकारी संस्था तथा कृषक समूहलाई ७५ प्रतिशत अनुदानसम्म बीउ तथा उपकरण वितरण गरिने छ । गाउँपालिकाले वडा नम्बर १, २ र ६ मा तरकारी बाली, वडा नम्बर ३ मा कफि बाली, वडा नम्बर ४ मा बदाम र तरकारी बाली र ५ मा अकबरे खुर्सानी बाली कार्यक्रम सञ्चालन गर्न लागेको हो ।