close

किसानलाई अनुदानमा औजार र बीउ

किसानलाई अनुदानमा औजार र बीउ

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चाेक- महाभारत गाउँपालिकाले व्यावसायिक किसानहरूलाई प्रोत्साहनस्वरूप विभिन्न कृषि औजार तथा तरकारीको बीउ वितरण गरेको छ । 

गाउँपालिकाको कृषि शाखाका अनुसार चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट पोखरीका लागि ५४ थान प्लास्टिककाे टनेल र १६ वटा कृषक समूहलाई ५०० थान मिनी कीट वितरण गरिएको हो । 

कृषि समूह र किसानले गाउँपालिकाबाट अनुदानमा बीउ र कृषि औजार पाएपछि खुशी भएका छन् । प्लास्टिक टनेल पाएपछि थोपा सिंचाइ तथा आकाशे पानी संकलन गरेर खेतीबाट आम्दानी बढाउने बताएका छन् । सिँचाइको समस्या भएका किसानहरूका लागि गाउँपालिकाले पानी सञ्चित गरेर खडेरीको समयमा तरकारी बारीमा लगाउन टनेल वितरण गरेको जनाएको छ ।