close

सुडान घाँसको बीउ वितरण गर्दै शुद्धोधन

सुडान घाँसको बीउ वितरण गर्दै शुद्धोधन

Trulli
ADVERTISEMENT

कपिलवस्तु– शुद्धोधन गाउँपालिकाले सुडान घाँसको बीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले पशु पालन गरेका किसानलाई सुडान घाँसको बीउ वितरण गर्ने भएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सुडान घाँसको बीउ वितरण गर्न लागेको कृषि प्राविधिक मणि गैरेले जानकारी दिए । व्यावसायिक पशुपालन कृषकलाई घाँसको बीउ वितरण गर्न लागेको प्राविधिक गैरेले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाका स्थानीय कृषकले पशुपालनको फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी, फर्म नविकरण प्रमाणपत्रको प्रतिलिपी र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित बीउ लिन सकिने सूचनामा उल्लेख छ । घाँसको बीउ वितरण फागुन २९ गतेदेखि ३० गते बिहान ११ बजेदेखि ३ बजेसम्म गरिने गाउँपालिकाले जनाएको छ ।

दर्तावाला फर्मलाई बीउ वितरण गरेर बचेको बीउ अन्य कृषकलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ । वडा नं. १ को कार्यालय, वडा नं. २ को कार्यालय, वडा नं. ३ को कार्यालय, वडा नं. ४ को कार्यालय, वडा नं. ५ को कार्यालय र वडा नं. ६ को कार्यालयबाट घाँसको बीउ वितरण गरिने जनाएको छ । यसका लागि ४ लाख वजेट विनियोजन गरेको छ ।