close

ताप्लेजुङका यातायात व्यवसायीले खाए कसम : भाडामा कालोबजारी गर्दैनौँ 

ताप्लेजुङका यातायात व्यवसायीले खाए कसम : भाडामा कालोबजारी गर्दैनौँ 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– भाडा दरमा कालोबजारी हुन नदिन ताप्लेजुङका यातायात व्यवसायीले प्रतिबद्धता जनाएका छन् । व्यवसायीले सिट क्षमताको आधारमा सहज रूपले टिकट व्यवस्था गरी यातायात सञ्चालन गर्ने दाबी गरे ।

 

जिल्ला यातायात व्यवस्थापन समितिका पदाधिकारी र यातायात व्यवसायीको संयुक्त बैठक बढ्दो भीडभाडका क्रममा समेत यात्रुलाई सहज र सुलभ रूपमा सेवा दिन सहमत भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । प्रजिअ पाण्डेका अनुसार यातायात व्यवसायीले सार्वजनिक यातायातको निर्धारित भाडादर पूर्ण रूपमा कार्यान्वयन गर्नेछन् । 

 

नजिकिँदै गरेका चाडपर्वसमेतलाई ध्यानमा दिएर यात्रुले सहज रूपमा यात्रा गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यअनुरूप सरोकारवालामाझ  बृहत् छलफल गरिएको पाण्डेले बताए । कोरोना संक्रमणको जोखिम पूर्ण रूपमा अन्त्य भइनसकेकाले यातायात व्यवसायीले स्वास्थ्य सुुरक्षा मापदण्डको पूर्ण पालना गर्ने र यात्रुलाई मास्क र स्यानिटाइजरको प्रयोगसहितका मापदण्डको पालना गर्न लगाउने निर्णय बैठकले गरेको छ ।

 

यस्तै, भाडादरमा कालोबजारी हुन नदिन सम्पूर्ण यातायात व्यवसायी जवाफदेही हुने र भाडादरबारे यात्रुलाई सूचित गराउने निर्णय भएको प्रजिअ पाण्डेले जानकारी दिए ।