close

वार्षिक समीक्षा नबुझाएपछि ईशनाथको खाता बन्द

पालिकाको सेवा ठप्प

वार्षिक समीक्षा नबुझाएपछि ईशनाथको खाता बन्द

पालिकाको सेवा ठप्प

Trulli
ADVERTISEMENT

रौतहट - चालू आर्थिक वर्ष २०८०/०८१ सुरु भएको तीन महिना लागिसक्दा पनि ईशनाथ नगरपालिकाको खाता सञ्चालनमा आउन सकेको छैन । नगरपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा नबुझाएकोले खाता  सञ्चालनमा आउन नसकेको हो । 

पालिकाको खाता बन्द भएकोले आर्थिक कारोबार ठप्प रहेको नगरपालिकाको सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत रबिन्द्रकुमार झाले पालिकाखबरलाई जानकारी दिए । उनले नगरपालिकाको नगरसभा भए पनि वार्षिक बजेटकाे समीक्षाले खाता ठप्प भएको बताए । 

खाता बन्द भएकोले आर्थिक कारोबारसमेत रोकिएको उनको भनाइ छ । खाता कहिलेदेखि सञ्चालन आउनेबारे आफू जानकार नभएको उनले सुनाए । उनले भने, 'याे हाम्राे हातमा छैन ।'