close

मनहरीले असोजमा उठायो साढे ७१ लाख रुपैयाँ राजस्व

मनहरीले असोजमा उठायो साढे ७१ लाख रुपैयाँ राजस्व

Trulli
ADVERTISEMENT

मकवानपुर - मनहरी गाउँपालिकाले असोज महिना मात्रै करिब साढे ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाले गाउ कार्यपालिका र वडा कार्यालयमार्फत सो रकम राजस्व संकलन गरेको हो । 

गाउँपालिकाको अनुसार असोज महिनामा ७१ लाख ५७ हजार २६८ रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाले सबैभन्दा बढी वडा नम्बर ८ र सबैभन्दा कम वडा नम्बर २ बाट राजस्व संकलन भएको छ । दुबै वडाबाट क्रमश दुई लाख ४७ हजार १०८ रुपैयाँ ५० पैसा र २४ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेको छ । 

यसैगरी गाउँपालिकाको कार्यालयबाट एक लाख ९७ हजार ९४९, दहत्तर बहत्तर शुल्क ५७ लाख १८ हजार ७४० र वातावरण प्रदुषण शुल्क एक लाख दुई हजार ७५ रुपैयाँ संकलन गरेको गाउँपालिकाले जनाएको छ ।