close

शिवराजले बगरमा काक्रा फलाउने

शिवराजले बगरमा काक्रा फलाउने

Trulli
ADVERTISEMENT

कपिलवस्तु– शिवराज नगरपालिकाले बगर खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले स्थानीय कृषकलाई बगर खेती कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कृषि विकास शाखाको वार्षिक कार्यक्रमअनुसार बगर खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको हो । बगर खेती गर्न इच्छुक कृषक समूह र कृषि सहकारी संस्थाले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।

खेती गर्नुपर्नेमा खरबुजा, तरबुजा, लौका, फर्सी र काक्राको लागि बीउ, विषादी, साना कृषि औजार, क्रेट, तराजुमा अनुदान तथा बगर खेती प्रवर्द्धन कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।