close

मासु उत्पादनमा प्रतिकिलो ५० रुपैयाँ अनुदान

मासु उत्पादनमा प्रतिकिलो ५० रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

अर्घाखाँची- शितगंगा नगरपालिकाका किसानले चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा एक करोड रुपैयाँ अनुदानबापत पाउने भएका छन् । 

नगरपालिकाका किसानले उत्पादन आधारमा अनुदान रकम पाउन नगरपालिकाले जनाएको छ । कागजकै भरमा अनुदान लिने परिपाटी अन्त्य गर्नका लागि उत्पादन रेकर्डको आधारमा दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान दिने नगरपालिकाले उल्लेख गरेको छ । 

किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपैयाँ, मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने नगरपालिकाले जनाएको छ । यस्तै कागती, एभोकाडो ,कफी ,किबी लगायतका बिरुवामा प्रतिबिरुवा १०० रुपैयाँ अनुदान दिने नगरपालिकाले जनाएको छ । 

अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन थालेको छ । अनुगमन टोलीमा उपमेयर गीता भाटसहित आर्थिक समितिका संयोजक बोमबहादुर विक, पशु शाखा प्रमुख गणेश थापा, योजना शाखा प्रमुख नुमलाल खनाल, प्राविधिक नारायण पाण्डे लगायतको सहभागिता थियो ।