close

पालिकालाई प्राप्त अनुदान फिर्ता हुने चिन्ता

पालिकालाई प्राप्त अनुदान फिर्ता हुने चिन्ता

Trulli
ADVERTISEMENT

रौतहट- दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले गाउँपालिकामा लामो समय प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा समानीकरण र विशेष अनुदानबापत प्राप्त योजनाको समयमा ठेक्का लगाउन नसकेको बताएका छन् । 

गाउँपालिकामा चालु आर्थिक वर्ष ०८०/०८१ मा दलित बस्ती एकीकृत विकासका लागि ५० लाख समपूरक अनुदान आएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको ७ महिना पूरा हुन लाग्दा समेत हालसम्म ठेक्काका लागि गाउँपालिकाले बोलपत्र आव्हानसमेत गर्न सकेको छैन । दलित बस्ती एकीकृत विकासका लागि समपूरक अनुदानबापतको ५० लाख र गाउँपालिकाको ५० लाख गरी एक करोडको लागि ठेक्का लगाउनुपर्नेछ । 

गाउँपालिका अध्यक्ष सिंहका अनुसार हाल प्रमुख प्रशासकीय अधिकृत पनि पालिका कार्यरत रहेका र पालिकाबाटै स्टमिटको काम पनि भएको हुँदा छिटै बोलपत्र आव्हान गरी पाँच महिनाभित्रै काम सक्ने अध्यक्षको योजना छ । उनले कर्मचारीको अभावले समयमा दलित बस्ती एकीकृत विकासका लागि काम सुरु गर्न नसकेको बताए । 

त्यस्तै वडा नम्बर-३ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि गाउँपालिकाले ५० लाख विशेष अनुदान प्राप्त गरेको छ । सो अनुदानमा गाउँपालिकाले ५० लाखनै बजेट थप गरी एक करोड लागतमा स्वास्थ्य चौकी भवन बनाउने पालिकाको योजना छ । छोटो समयमा भए पनि उत्कृष्ट काम गर्ने गाउँपालिकाको योजना छ । 

‘५ महिना प्रभावकारी तरिकाले काम गर्ने हो भने समय छोटो होइन । त्यसैले समयमा नै काम सक्ने गरी ठेक्का लगाउने अन्तिम तयारीमा छौं । बजेट फ्रिज हुन दिन्नौं ।’ गाउँपालिका अध्यक्ष सिंहले बताए ।