close

स्थानीय कच्चा पदार्थलाई प्रशोधन गर्न सम्झौता

स्थानीय कच्चा पदार्थलाई प्रशोधन गर्न सम्झौता

Trulli
ADVERTISEMENT

गोरखा– बारपाक सुलिकोट गाउँपालिका र गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयबिच सम्झौता भएको छ । पालिका क्षेत्रमा स्थानीय कच्चा पदार्थ प्रशोधन तथा सामाग्री उत्पादनका लागि मुख्यमन्त्री कार्यालय र गाउँपालिकाबिच शुक्रबार सम्झौता भएको हो । 

बारपाक सुलिकोट गाउँपालिकाकाे स्थानीय कच्चा पदार्थ (अल्लो, ऊन, लोक्ता) प्रशोधन तथा सामाग्री उत्पादन कार्यक्रम प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनौट भएर सम्झौता भएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले बताए । उनका अनुसार पालिकाभित्र अल्लो, ऊन, लोक्ता पाइने भइन्छ । कार्यक्रममार्फत सो कच्चा पदार्थलाई प्रशोधन गरी सामाग्री उत्पादन गरिने उनले बताए । उनका अनुसार पालिकाको जङ्गलमा अल्लो र लोक्ता उत्पादन हुन्छ ।

गाउँपालिकाका माथिल्लो भेगमा भेडा पालन हुने र ऊनको उत्पादन हुने गरेको उनले बताए । कार्यक्रममार्फत वडा नं १, २, ३ र ४ क्षेत्रका स्थानीयलाई अल्लो, ऊन र लोप्ताबाट सामाग्री उत्पादन गर्न तालिमका साथै प्रविधि उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यले बताए । 

कार्यक्रम सञ्चालनका लागि मुख्यमन्त्री कार्यालयको ७५ लाख रुपैयाँ र गाउँपालिकाको ३५ लाख रुपैयाँ गरी १ करोड १० लाख रुपैयाँ लागत रहने गरी सम्झौता भएको उनले पालिकाखबरलाई बताए ।