close

मोबाईल व्यवसायीको आक्रोश : जेठपछि अब कुरिँदैन!

सुदूरपीश्चम प्रदेश अध्यक्षमा सुरेश सापकोटा चयन

मोबाईल व्यवसायीको आक्रोश : जेठपछि अब कुरिँदैन!

सुदूरपीश्चम प्रदेश अध्यक्षमा सुरेश सापकोटा चयन

Trulli
ADVERTISEMENT

कैलाली- नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले पटक-पटक सरकारसँग व्यवसायीका मागका विषयमा ध्यानाकर्षण गराएपनि व्यवसायिक वातावरण बन्न नसकेको भन्दै अब देशव्यापी जागरणको आवश्यकता रहेको बताएका छन् । महासंघको सुदूरपश्चिम प्रदेश कमिटि गठन गर्न धनगढी पुगेका अध्यक्ष भट्टराईले आफुहरु जेठ २५ गतेपछि 'पर्ख र हेर' को अवस्था नरहने बताएका हुन् । 

देशभरका २२ हजार भन्दा बढी व्यवसायीका प्रतिनिधिहरुको उपस्थितीमा महासंघले भव्य रूपमा जेठ २५ गते दोश्रो महाधिवेशन काठमाडौंमा गर्दैछ ।  अध्यक्ष भट्टराईले राज्यसँग व्यवसायीक वातावरण र सुरक्षाको मात्रै माग गरेको बताए । उनले ग्रे मोबाईल नियन्त्रण नगर्ने, सानातिना विषयमा व्यवसायीलाई अनावश्यक झण्झट दिने र आयातकर्ताको चरम शोषणमा परेका बेला तिनैको प्रभावमा परेर सरकारले स्वरोजगार व्यवसायीमा माग बेवास्ता गर्नुलाई महासंघले सामान्य रुपमा नलिएको बताए । 

सुदूरपीश्चम प्रदेश अध्यक्षमा सुरेश सापकोटा
नेपाल मोबाईल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा सुरेश सापकोटा चयन भएका छन् । धनगढीमा शनिवार भएको भेलाले प्रथम उपाध्यक्षमा गंगाप्रसाद निरौला, द्धितीय उपाध्यक्षमा सुरेश पाठक, महासचिवमा सुरेश बम, सचिवमा दिपक भट्ट, कोषाध्यक्षमा हिमाल लम्साल र सह कोषाध्यक्षमा रगमान रावल चुनेको छ । 

त्यस्तै, प्रदेश कमिटी सदस्यमा धर्मराज जोशी (कञ्चनपुर), गणेश बोगटी (कैलाली), ठानसिंह महत (दार्चुला), पवन प्रसाद पन्त (कैलाली), उमेश चौधरी (अछाम), चन्द्रसिंह धामी (कैलाली), सन्तोष बोहरा (कैलाली) रहेका छन् । कार्यसमिति सदस्यमा नविन भट्ट (बैतडी), उमेश बढु (कैलाली), दिपक जाग्री (बझाङ), सन्तोष भट्ट (डँडेल्धुरा), कमल बुढा (बाजुरा), सन्तोष जोशी डँडेल्धुरा, संगम रावल (बाजुरा) चयन भएका छन् ।  

राज्यको ४० अर्ब भन्दा बढीको राजश्वको स्रोत रहेको मोबाईल व्यवसायमा आबद्धहरुको छाता संस्था मोबाईल व्यवसायी महासंघ सात वटै प्रदेश र ६६ जिल्लामा सक्रिय रहेको छ । मोबाईल व्यवसायबाट ५ लाख बढी आश्रित रहेकाे महासंघले जनाएकाे छ । प्रदेश कमिटी गठन गर्न केन्द्रबाट अध्यक्ष भरत भट्टराईसँगै केन्द्रीय सदस्य ङेमा लामा समेत धनगढी पुगेका थिए ।