close

पाल्पाका तीन स्थानीय तहसँग नबिल बैंकको सहकार्य

पाल्पाका तीन स्थानीय तहसँग नबिल बैंकको सहकार्य

Trulli
ADVERTISEMENT

काठमाडौं–उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाका हेफर साझेदार तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र नबिल बैंकबीच सहकार्य हुने भएको छ । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरताका साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा बैंकले तीन वटा पालिकासँग सम्झौता गरेको हो ।

 

तानसेनमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही, रिब्दीकोट पालिका अध्यक्ष नारायणबहादुर जिसी र तिनाउ पालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

कार्यक्रममा नबिल बैंक अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई सहयोग पु¥याउन बैंकले लिएको दिगो बंैकिङको लक्ष्य पछ्याउन गरिएको सम्झौताले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्य–शृंखलालाई थप बलियो बनाउन सम्झौताले सहयोग गर्ने बताए ।

 

कार्यक्रममा तानसेन नगर प्रमुख शाहीले कृषि, पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना तथा नागरिकको आर्थिक विकासमा टेवा पु¥याउन सम्झौता फलदायी हुने धारणा व्यक्त गरे । नबिल बैंकले पालिकाहरूको आर्थिक रुपान्तरण अभियानमा सहयोग गर्दै आएकामा उनले धन्यवाद दिए ।

 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले तानसेन नगरपालिका, रिब्दीकोट र तिनाउ पालिकाबाट उपस्थित विभिन्न उद्यमीलाई कर्जा स्वीकृति–पत्रसमेत हस्तान्तरण गरे । सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले १५ असार ०७८ मा दिगो बैंकिङ कार्यक्रम सुरु गरेको हो ।