close

उपत्यकामा विद्युतीय बस सञ्चालन गर्नुपर्छ

उपत्यकामा विद्युतीय बस सञ्चालन गर्नुपर्छ

Trulli
ADVERTISEMENT

ललितपुर महानगरपालिका नेपालकै ज्येष्ठ नगरपालिका हो । हामीले गत पुष २ गते १०४ औँ जन्मदिन मनायौँ। त्यसैले पनि हामी सबैभन्दा पुरानो नगरपालिका हौँ । ज्येष्ठ भएको नाताले र यसको भुगोल सानो भएको कारणले हामीले नगर विकास कोषसँग खासै सहकार्य गर्न पाएका छैनौँ। सहकार्यको निमित्त हामीले धेरै प्रयास गर्यौँ। तर नगर विकास कोषको सीमा क्षेत्रहरुका कारण सहकार्य गर्न सकिएको छैन। 

हामी जस्तो पुरानो महानगरपालिका, जसको क्षेत्रफल थोरै छ। त्यहाँ नगर विकास कोषसँग सहकार्य गरेर काम अघि बढाउन त्यति सहज छैन। मानौँ, यो चाहीँ पुरानो एसएलसी परिक्षा जस्तै रहेछ। एक विषयमा फेल भए सबै विषयमा फेल हुने र फेरि जाँच दिनुपर्ने। यो वर्ष इङ्ग्लिसमा फेल, अर्को वर्ष गणितमा फेल भएर पास नै नहुने। अब यो तरिकाले भएन । 

ललितपुर महानगरपालिका भुगोलमा सानो छ । विगतमा  विगतका मेयर, प्रधानपञ्चहरूले हामीसँग भएका धेरै पोखरी, धेरै सार्वजनिक महत्वका क्षेत्रहरु मास्ने, नास्ने काम गर्नुभयो। तर अब हामी त्यस्तो काम हुन दिन्नौं भन्दै र गर्दै आएका छौँ। तर नगर विकास कोषको योजना लिन हामीलाई लालपूर्जा चाहिन्छ । तर हामीसँग लालपूर्जा पनि छैनन्। अनि कसरी कुनै योजना अघि बढाउन सकिन्छ?

अब एसएलसी हैन, एसईई जस्तो बनाउनु पर्यो अनि मात्र काम बन्छ । नत्र भने उपत्यकाभित्र काम गर्न नगर विकास कोषले सक्दैन। उपत्यकाभित्रका स्थानीय तहले नगर विकास कोषसँग हालसम्म काम गरेको मलाई त थाहा छैन। उपत्यका बाहिर भुगोल ठूलो भएकाले योजनामा सहकार्य भएका होलान्। तर हामीसँग भुगोल धेरै छैन। नगर विकास कोषका सदस्यले सीमाक्षेत्र परिवर्तन गरेको कुरा बताउनु भयो। अब नगर विकास कोष पनि एसईई जस्तै बनेको उहाँले बताउनुभएको छ।

ललितपुर महानगरपालिका भुगोलमा सानो छ । विगतमा  विगतका मेयर, प्रधानपञ्चहरूले हामीसँग भएका धेरै पोखरी, धेरै सार्वजनिक महत्वका क्षेत्रहरु मास्ने, नास्ने काम गर्नुभयो। तर अब हामी त्यस्तो काम हुन दिन्नौं भन्दै र गर्दै आएका छौँ। तर नगर विकास कोषको योजना लिन हामीलाई लालपूर्जा चाहिन्छ । तर हामीसँग लालपूर्जा पनि छैनन्। अनि कसरी कुनै योजना अघि बढाउन सकिन्छ?

त्यसैले मेरो एउटा प्रस्ताव छ । नगर विकास कोषको कार्यकारी निर्देशक ज्यूले प्रत्येक पालिकाले एउटा/एउटा योजनामा साझेदार भएर काम गर्न पाइयोस् भन्ने धारणा राख्नुभयो। त्यो भनेको नगर विकास कोषले ऋण दिन पाउँ भनेको नै हो। 

ललितपुर महानगरपालिका १९८७ को युनेस्कोको वर्ल्ड हेरिटेज साइटमा दर्जा भएको विश्व सम्पदा सुचीमा पर्ने सहर हो। तसर्थ, काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सुचीमा परेका सहरभित्र विद्युतीय बस चलाउन हामी अग्रसर हुन्छौँ। यसका लागि नगर विकास कोषको तर्फबाट आवश्यक लगानीको लागि मेरो मौखिक प्रस्ताव छ । हामी त्यसलाई लिखतमा लैजाउँला। 

उपत्यकामा अहिलेको सन्दर्भमा कुनैपनि सतहमा यातायात सञ्चालन हुन गाह्रै छ । तर कोभिड १९ पछि फस्टाउन लागेको पर्यटन उद्योगलाई सहजिकरण गर्नको निमित्त विद्युतिय बसको आवश्यकता छ ।  काठमाडौं उपत्यकाको वातावरण सुधार गर्नका लागि र दिगो विकास लक्ष्यका लक्ष्यहरु हाँसिल गर्नको लागि यो अति अपरिहार्य भएको महसुस गरेको छु। त्यसैले विद्युतीय बस सञ्चालनको काममा हामी लाग्छौँ। र यस क्षेत्रमा नगर विकास कोषको तर्फबाट सहयोग तथा ऋणको लागि अनुरोध गर्दछु। 

(नगर विकास कोषले बागमती प्रदेशमा नगरपालिका बित्त तथा क्षमता विकासका लागि सञ्चालन गरेको प्रादेशिक गोष्ठीको उद्घाटन सत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राखेका भनाइको सम्पादित अंश)