close

फोहरका गिरोहले उचित व्यवस्थापन गर्न दिँदैनन् : मन्त्री श्रेष्ठ

फोहरका गिरोहले उचित व्यवस्थापन गर्न दिँदैनन् : मन्त्री श्रेष्ठ

Trulli
ADVERTISEMENT

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहर भित्रको गिरोहले फोहरमैला व्यवस्थापन हुन नदिएको दाबी गरेका छन्।

वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले फोहरमैलाको व्यवस्थापन सामान्य कुरा भएपनि फोहरमैला भित्रकै गिरोहले यसलाई ठुलो कुरा बनाइरहेको दाबी गरे। उनले स्थानीय तहले नै अब फोहरलाई श्रोतबाट व्यवस्थापन गर्नुपर्नेमा कुरामा जोड दिए।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहरमैला व्यवस्थापन गर्ने विषयमा संघीय सरकार सहयोग गर्न तयार रहेको समेत उनले बताए। उनले पर्यटन मन्त्रालयले यी समस्या समाधानका लागि मठमन्दिरहरूमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको जानकारी समेत दिएका छन्।

सरसफाइको योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकारको बीचमा समन्वय आवश्यक रहेको बताउँदै उनले रात्रिकालीन पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन पर्यटकीय स्थल, मठमन्दिर र सम्पदालाई सुन्दर, सुरक्षित र संरक्षित गर्दै जानु पर्ने समेत बताए ।

 ‘फोहरको कुराहरू अहिले लामै कथा बनिसकेको छ। यो सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहरभित्रको गिरोहले फोहरमैलालाई उचित व्यवस्थापन गर्न दिँदैन। यो ठुलो कुरा होइन, ठुलो कुरा बनाइएको छ।’