close

सुत्केरीलाई वडाकाे १० हजार भत्ता

सुत्केरीलाई वडाकाे १० हजार भत्ता

Trulli
ADVERTISEMENT

 बारा । जीतपुरसिमरा उपमहानगरपालिका १४ मा सुत्केरी महिलाहरुलाई पोषण भत्ता वितरण गरेकाे छ । महिला वडा अध्यक्ष चयन गुरुङ्गले आफ्नो वडाका सुत्केरी महिलाको लागी पोषण भत्ता वितरण गरेकी हुन् । 

 उनले सुत्केरी महिलाकाे स्याहार खर्च स्वरुप वडाबाटै ६ लाख रकम विनियोजन गरी वितरण गरेकाे बताइन्  । बिषेशगरी वडामा दलित, विपन्न र अल्पसंख्यक लगाएतका जाती/जनजातीहरुमा आर्थिक अवस्था विपन्न भएका कारण सुत्केरी महिलाहरुको स्याहार र पोषण नपुगेको भन्दै वडा कार्यालयले सुत्केरी संरक्षण कार्यक्रम संचालन गरेको हो ।

उनले सुत्केरी पोषण रकम वितरणका लागि आवेदन नै माग गरेकाे बताइन् । यो आर्थिक वर्ष वडामा आवेदन दिएका ६० जना सुत्केरी महिलाहरुले नगद १० हजारका पोषण भत्ता रकम प्राप्त गरेका छन् । यो रकम पाएसंगै वडाका सुत्केरी महिलाहरुले न्युनतम सुत्केरी अवस्थामा आफ्नो र सन्तानको लागि पोषणयुक्त खानेकुराको बन्दोवस्त गर्न सक्ने बताएका छन् ।

जीतपुरसिमरामा रहेका २४ वडाहरुको एक मात्र महिला उम्मेद्वार मगरले आफ्ना वडामा विभिन्न खाले समाज र नागरिक लक्षित कार्यक्रम संचालन गरिरहेकी छिन् ।