close

रोकिँदै, सप्तरीका नाकाबाट हुने अवैध तस्करी

रोकिँदै, सप्तरीका नाकाबाट हुने अवैध तस्करी

Trulli
ADVERTISEMENT

काठमाडौं । सप्तरीका विभिन्न नाकाबाट हुने गरेको चोरी तस्करी नियन्त्रणमा आउन थालेको छ । सशस्त्र प्रहरीले सक्रियता बढाएपछि सिमावर्ती नाकाबाट हुने अवैध तस्करी नियन्त्रणमा आएको हो । 

सशस्त्र प्रहरी बल बीओपी स्वर्णपट्टीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिका खामगाढाबाट १ लाख २ हजार ६७० रुपैयाँबराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले बताए । 

भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा अवैध कपडा बरामद भएको उनले बताए । 

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका लोनियाबाट सशस्त्र प्रहरीले २० हजार रुपैयाँबराबरको अवैध गोरु तथा बाछाहरु बरामद गरेको छ।

बीओपी तिलाठीका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार भण्डारीको कमान्डमा खटिएको टोलिले लोनियाबाट १० वटा बाछाहरु बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका कपडा तथा बाछा तथा तस्कर समेतलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी बुझाएको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणले जनाएको छ ।