close

आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रिन्सिपल र विद्यालय सञ्चालक पक्राउ

आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रिन्सिपल र विद्यालय सञ्चालक पक्राउ

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– आत्महत्या दुरुत्साहन मुद्दामा रुकुम पश्चिममा एक नीजि विद्यालयका सञ्चालक र प्रिन्सिपल पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय चौरजहारीले भ्याली पब्लिक स्कुलका सञ्चालक युडेन भण्डारी र प्रिन्सिपल पुष्पा भाटलाई पक्राउ गरेको हो ।

चौरजहारी नगरपालिका–१ स्थित रहेको उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा लामिछाने गाउँकी १३ वर्षीया सृष्टि गौतमले विद्यालयबाट घर फर्केपछि विद्यालय पोशाकमै आत्महत्या गरेकी थिईन् । मृतकका परिवारले घटनाको छानबीन गर्न भन्दै विद्यालय सञ्चालक भण्डारी र भाट विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

पीडित परिवारले दिएको आत्महत्या दुरुत्साहनको जाहेरीका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । मृतक गौतमलाई कक्षा कोठामै सबैको अगाडी विद्यालयका सञ्चालक र प्रिन्सिपलले कुटपिट गरेका थिए ।

मृतक गौतम र प्रिन्सिपलकी भतिजी नाता पर्ने जाजरकोट घुम्न गएको विषयलाई लिएर शुक्रबार कुटपिट भएको जाहेरीमा बताईएको छ । पीडित परिवारका अनुसार प्रिन्सिपल भाटले आफ्नी भतिजीलाई घुम्न लगेर बिगार्न खोजेको भन्दै मृतक गौतमलाई कुटपिट गरेकी थिईन्। 

कक्षा कोठा र बाहिर मैदानमा कुटपिट गरेपछि गौतमको ज्ञ सबैको अगाडी बेइज्जत भएको र त्यो पीडा सहन नसकेर आत्महत्या गरेको पीडित परिवारको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।