close

एकैदिन विमानस्थल र नाका गरी २ स्थानबाट १६ किरो सुन बरामद

एकैदिन विमानस्थल र नाका गरी २ स्थानबाट १६ किरो सुन बरामद

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रहरीले पछिल्लो २४ घण्टाभित्र छुट्टाछुट्टै स्थानबाट १६ किलो सुन बरामद गरेको छ ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा गए राति १४ किलो बरामद गरेको हो । दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको हो । 

त्यस्तै, काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो । सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । विशेष सूचनाका आधारमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई दिनअघि पनि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन बरामद गरेको थियो ।