close

नगर प्रहरीमाथि हातपात गर्ने एकजना पक्राउ

नगर प्रहरीमाथि हातपात गर्ने एकजना पक्राउ

Trulli
ADVERTISEMENT

कास्की- पोखरा उपमहानगरपालिकाका नगर प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

शनिबार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरीमाथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्दप्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  हाल नगर प्रहरीले बजार क्षेत्रको फुटपाथ खाली गर्ने अभियान चलाइरहेको छ ।