close

वडाध्यक्षका श्रीमानकाे नेतृत्वमा नगरपालिका भवन तोडफोड गरेकाे नगरप्रमुखकाे आराेप

पालिकाकाे कामकाे लागि श्रीमानकै माेबाइल प्रयाेग

वडाध्यक्षका श्रीमानकाे नेतृत्वमा नगरपालिका भवन तोडफोड गरेकाे नगरप्रमुखकाे आराेप

पालिकाकाे कामकाे लागि श्रीमानकै माेबाइल प्रयाेग

Trulli
ADVERTISEMENT

सिरहा - मिर्चैया नगरपालिका नगरप्रमुख श्रवणकुमार यादवले  वडा नम्बर ३ की वडाध्यक्ष पवित्री देवी यादवको श्रीमानसहितको टोलीले कार्यपालिका भवनमा तोडफोड गरेको आरोप लगाएका छन् । नगरप्रमुख यादवले आइतबार प्रेस विज्ञप्ती जारी गरी वडाध्यक्ष यादवका श्रीमान् खगेश्वर गोहीबार यादवले कार्यपालिका भवनमा तोडफोड गरेको आरोप लगाएका हुन् । 

आइतबार दिउँसो १२ बजे एक समूहले नगरपालिका भवनमा क्षति पुग्ने गरी ताेडफाेड गरेकाे थियाे । 'मिर्चैया नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष पवित्रीदेवी यादवका पति खगेश्वर गोहीबार यादवसहित करिब ३०/४० जना समूहमा आएका ती उत्छृखंल व्यक्तिहरुले अन्धाधुन्ध ढुंगामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसिटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकलगायत महत्वपूर्ण सामग्री नष्ट भएका छन्... ', सो विज्ञप्तीमा उल्लेख गरिएको छ । 

कुनै किसिमको माग नराखी नगरपालिकाभन्दा बाहिरका व्यक्तिलाई समेत सहभागी गराई आंतककारी शैलीमा कुटपिट गर्ने मनसायमा सो गतिविधी गरेको उनकाे आराेप छ । सो समूहले ६ महिना पहिले पनि नगरपालिका सोही किसिमको गतिविधी गरेको र जिल्ला प्रशासन कार्यालयसँग सो व्यक्तिलाई कारबाहीको माग राख्दा पनि कुनै सुनुवाई नभएको नगरप्रमुख यादवले सो विज्ञप्तीमा उल्लेख गरेका छन् । 

उनले सो घटनामा सहभागी भएका व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न मागसमेत गरेका छन् । संलग्न व्यक्तिलाई कारबाही नगरी थप केही अप्रीय घटना भएमा सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनु पर्ने उनको माग छ । 

वडाध्यक्ष यादवले श्रीमान खगेश्वर गोहीबार यादवको मोबाइल नम्बरबाट पालिकाको सबै काम गर्दै आएको नगरपालिकाका सूचना अधिकारी गणेश गुप्ताले पालिकाखबरलाई बताएका छन् ।  सो घटनाबारे जानकारीको लागि वडाध्यक्ष यादवसँग कुराकानी गर्न पालिकाखबरले पटक पटक सम्पर्क गर्न खोजे पनि उनको फोन उपलब्ध हुन सकेन ।